बाजुरामा भारी हिमपातले जनजीवन कष्टकर

बाजुरा । बाजुरा सदरमुकाम मार्तडी सहित जिल्लाको उच्च हिमाली भेगमा हिजो राती देखि आएको अविरल वर्षा सँगै भारी हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको छ ।
शनिवार राती देखि आएको हिमपातले चिसो बढेसँगै बालबालिका र वृद्ध वृद्धाहरूको जनजीवन निकै प्रभावित भएको हो । बाजुरा जिल्लाका विभिन्न भूभागमा हिमपात भइरहेकाले चिसो अत्यधिक बढेको छ । पानी सँगै हिमपात भएपछि कृषकहरू भने बालीनालीमा सहयोग पुग्ने भन्दै खुसी भएका छन्।
यस बर्ष समय समयमा पानी र हिमपात भएकाले गहुँ, जौ लगायत बाली सप्रिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। जिल्लाका बडिमालिका, बुढिनन्दा, बुढिगंगा, त्रिवेणि नगरपालिका तथा हिमाली, स्वामिकार्तिक, जगन्नाथ, छेडेदह, र गौमुल गाउँपालिका लगायत आसपासका भेगहरूमा एक फुट बराबरको हिउँ परिसकेको छ भने निरन्तर वर्षा सँगै हिउँ पर्ने क्रम जारी छ।
वर्षा सँगै हिमपात भएपछि जिल्ला भर नेपाल टेलिकमको टावर मा समस्या आउँदा फोन सेवा समेत अवरुद्ध भएको छ। हिमपातले पशुपालन किसान सबैभन्दा बढी समस्यामा परेका छन् ।








प्रतिक्रिया राख्नुहोस्