भारतीय स्कारपियोको ठक्करबाट दुईको मृत्यु

बारा । भारतीय नम्बरको स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
बुधवार राती कलैया उपमहानगरपालिका वडा नम्बर २५ कलैया वीरगंज सडक खण्डको सिसहनियामा बीआर ०५ ए आर ५१५१ नम्बरको भारतीय गाडीले विपरीत दिशा अर्थात् वीरगंजबाट कलैया आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ४० का नरेश साह र सोही ठाउँ बस्ने वर्ष ५५ का सितह साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई सुरुमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको थियो । दुवै जनाको अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।
ठक्कर दिने गाडी र त्यसमा सवार ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्