अपरेसन एन्कि मार्फत फरार कैदी पक्राउ
दाङ । जिल्ला कारागार कार्यालय घोराहीबाट पुस ८ गते फरार कैदी यमराज परियारलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्द रिजालको नेतृत्वमा रहेको अपरेसन एन्किको टोलीले परियारलाई नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामार्फत भारतीय प्रहरी समकक्षीहरू सँगको समन्वयमा खोजतलास गरी माघ १० गते पक्राउ गरिएको हो । परियारलाई कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाँय तोकिएको थियो । परियारले २०७२ भदौ १६ गतेदेखि घोराही कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
उनले पुस ८ गते छालासम्बन्धी बिरामी भई उपचारको लागी जाने क्रममा घोराही बजारको बि.पी. चोकमा रहेको थकाली भान्सा घर एन्ड लजमा गई खाजा खाने क्रममा निजको उपचारको लागि अस्पताल ल्याउन र लैजान भनी खटिएका प्रहरी जवान धनबहादुर चौधरीको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिई फरार भएका थिए ।
पक्राउ परेका परियारका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियारलाई कारागार ऐन २०१९ को दफा २४ को ३ मा कैद म्याद गरी कैदी भागेमा पक्रिएपछि निजलाई बाँकी कैदको डेढी बढाई कैद सजायको व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार कारबाही प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्