तपाईँ सुन्दै हुनुहुन्छः

मिलमा सल बेरिएर महिलाको मृत्यु

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ।

साँफेबगर नगरपालिका वडा नं १ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै ज्यान गएको मृतकका श्रीमान् शंकरमान बोहराले जानकारी दिनुभयो ।

धान कुटाउने क्रममा सल बेरिएर ज्यान गएको हो । जाडोका कारण सल ओढेर काम गरिरहेको बेला असावधानीवश घटना हुन गएको प्रहरीले जनाएको छ ।

मृतक बोहराको शरीरका दुई भाग भएका छन् । उहाँका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button