तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा थेबे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा भूपेन्द्र थेबे निर्वाचित हुनुभएको छ । 

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३२९ मत ल्याउँदै थेबे विजयी हुनुभएको हो । अध्यक्षको प्रत्याशी बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै थेबे विजयी बन्नु भएको निर्वाचन समितिका संयोजक देवराज मेन्याङबाले जानकारी दिनुभयो । 

साम्सोहाङले २७३ मत प्राप्त गर्नु भएको थियो । उपाध्यक्षमा थेबे प्यानलका सन्तोष खतिवडा निर्वाचित हुनुभएको छ । उहाँले ३३१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी मातृका भट्टराईले २४६ मत प्राप्त गर्नुभयो । 

यस्तै सचिवमा साम्सोहाङ तर्फका केशव कुमार मेन्याङ्बो २९६ मत सहित निर्वाचित हुनुभएको छ ।  उहाँका प्रतिस्पर्धी मङ्गलसिंह केदेमले २८० मत प्राप्त गर्नुभयो । उपसचिवमा भने दुई प्यानलका एकै घरका दाजुभाइ विजयी बन्नु भएको छ । थेबे प्यानलका दीपेन्द्र पोमुले २९४ मत प्राप्त गर्नु भएको थियो भने साम्सोहाङ प्यानलका दाजु मणिशंखर पोमुले २७७ मत प्राप्त गर्नुभएको थियो । भने लीला चक्र गुरुङ र सन्तोष चोङबाङ पराजित हुनुभयो  । गुरुङले २५८ र चोङबाङले १८२ मत प्राप्त गर्नुभएको निर्वाचन प्रमुख मेन्याबोले बताउनुभयो । 

एमाले ताप्लेजुङको ११औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन भएको थियो ।  निर्वाचनमा ६६१ जना मतदाता रहेपनि ६३८ मत खसेको थियो । निर्वाचनका क्रममा खुल्ला १३ पदका २७ जना र ६ महिलाका लागि ९ जनाको उम्मेदवारी दिनुभएको थियो  । 

६१ भूगोल क्षेत्रमा भने फुङलिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकामा मात्र निर्वाचन भएको थियो ।  निर्वाचनमा अधिकांश भूपेन्द्र प्यानलबाट विजयी बन्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button