तपाईँ सुन्दै हुनुहुन्छः

एमाले इलामको अध्यक्षमा महेश बस्नेत निर्वाचित

इलाम  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) इलामको जिल्ला अध्यक्षमा महेश बस्नेत निर्वाचित हुनुभएको छ । 

गए राति सम्पन्न मतगणनाबाट निकटतम प्रतिस्पर्धी डा.देवी क्षेत्री दुलाललाई पराजित गर्दै बस्नेत जिल्ला अध्यक्ष निर्वाचित हुनुभएको हो । 

एमालेको १०औँ जिल्ला अधिवेशनमा प्राप्त मत परिणाम अनुसार बस्नेतले फराकिलो मत अन्तरले विजयी बन्नुभएको हो । बस्नेतले ६ सय ९४ मत ल्याउँदा दुलालले ६४ मत मात्र प्राप्त गर्नुभएको थियो । 

८ सय ६ प्रतिनिधिमध्ये ७ सय ६३ मत खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा निर्वाचित बस्नेत यसअघि पार्टीको अध्यक्षमा हुनुहुन्थ्यो ।  

जिल्ला सचिव रहनुभएका बस्नेत जिल्ला अध्यक्ष रामबहादुर राना १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि बस्नेत जिल्ला अध्यक्ष बन्नुभएको थियो । बस्नेत इलाम नगरपालिकाका प्रमुख हुनुहुन्छ । 

त्यसैगरी,, उपाध्यक्षमा उदय राई निर्वाचित हुनुभएको छ । राईले  ६ सय ४ मत प्राप्त गर्नुभएको थियो । निकटतम प्रतिस्पर्धी याम अधिकारीले २ सय ३७ मत ल्याई पराजित हुनभयो । 

त्यस्तै, सचिवमा उमेश गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले ५ सय २७ मत ल्याई विजयी बन्नुभयो । निकटतम प्रतिस्पर्धी प्रकाश अधिकारीले २ सय २२ मत प्राप्त गर्नुभयो । उपसचिव द्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य निर्वाचित हुनुभएको छ  । सुवेदीले ४ सय ४४ र आचार्यले २ सय ७२ मत ल्याउनुभएको हो । उपसचिवमा छवि श्रेष्ठ , रमेश राई , र सन्तराम योङहाङले क्रमशः  २ सय ५३,  १ सय ९७ र  १ सय २७ मत प्राप्त गर्नुभएको छ  ।  

जिल्ला कमिटीमा १५ जना खुला सदस्य पदमा ३१ जना चुनावी मैदानमा हुनुहुन्थ्यो । जसमध्ये सुमन श्रेष्ठ –४५८, प्रकाश खनाल –४२१, गणेशकुमार राई –४२०, देवेन्द्र विश्वकर्मा–४१८, यामबहादुर राई –४०८, प्रवेश पराजुली–३९३ , रगुन गुरुङ –३९३, मिलन खत्री –३८४, बुद्धि खनाल –३७१, सुजन नेपाल –३६७ , युवराज वाशिष्ठ –३५६, रोमबहादुर लुंगेली –३३१, दिनेश काफ्ले –३०८, वासुदेव रेग्मी –३९८ र कृष्ण सुवेदी –२९५विजयी भएका हुन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button