तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षामन्त्रीको आग्रह

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरूलाई आग्रह गर्नुभएको छ । 

बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरूको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गर्नुभयो । 

उहाँले शिक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरूको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११ औँ संशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफल भएको बताउनुभयो । 

विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरूलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गर्नुभयो । 

५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको थालनी भएको उल्लेख गर्दै ३ हजार ३ सयभन्दा बढी शिक्षकहरूको बढुवा हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button