तपाईँ सुन्दै हुनुहुन्छः

एकसय ७० लिटर घरेलु मदिरा नष्ट

डोटी। जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैध रूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडक खण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र वडा नं ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्ति सुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भई समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो केही हप्ता यतादेखि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहतका प्रहरी चौकीले पनि घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button