तपाईँ सुन्दै हुनुहुन्छः

बारामा रासायनिक मलको चरम अभाव

बारा । बारामा रासायनिक मलको चरम अभाव भएको छ । गहुँ, मकै, तरकारी लगायत बालीमा हाल्न युरिया मल नपाएको किसानहरूले दुखेसो गरेका छन् । 

समयमा मल नपाउँदा उत्पादन नहुने र लगानी डुब्ने जोखिम भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वाका हरि खड्काले बताउनुभयो । 

यस्तै अर्का स्थानीय मुकेश वाइबाले दुई बोरा युरिया मलको चाहिएकोमा २० किलो मात्रै पाइएको बताउनुभयो । 

नगरपालिकाले मनपरी डिलर बाँडेका कारण धेरै सदस्य आबद्ध संस्थाहरूले प्राप्त गर्ने थोरै मलको कोटाले विवाद मात्रै गराएको स्थानीय साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी उपाध्यक्ष फूल कुमारी बस्नेतले बताउनुभयो । 

साल्ट ट्रेडिङ  कर्पोरेसन लिमिटेड बिरगजं, पर्साका सूचना अधिकारी अधिकृत सञ्जय कुमार गुप्ताका अनुसार आर्थिक बर्ष २०७८।०७८ मा बारा जिल्लाका लागि युरिया ५ हजार ५९३ मेट्रिक टन., डिएपी ३ हजार २६३ मेट्रिक टन र पोटास ४६६ मेट्रिक टन प्रदेश सरकारले निर्धारण गरेको कोटा हो । 

कोटाको ३० प्रतिशत हामीले र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत वितरणको जिम्मा छ । उपलब्धताका आधारमा मल सिजन अनुसार नियमित वितरण भइरहेकै भए पनि पर्याप्त हुन नसकेको सूचना अधिकारी गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button