तपाईँ सुन्दै हुनुहुन्छः

बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

जुम्ला । बालुवा खानीमा पुरिएर जुम्लामा दुई जनाको मृत्यु भएको छ । तिला गाउँपालिका वडा नंं ९ को धाराखोला स्थित बालुवा खानीमा पुरिँदा सोही वडा निवासी वर्ष १९ कि निली रावत र उहाँकी बहिनी नाता पर्ने वर्ष १५ की निरमाया रावतको मृत्यु भएको हो । 

शुक्रवार बिहान ठिक ७ बजे बालुवा सङ्कलन गर्ने क्रममा बालुवा खानी भत्किदा पुरिएर दुई जना महिलाको घटना स्थलमै मृत्यु भएको तिला ९ का स्थानीय तथा अनेरास्ववियु जुम्लाका कार्यालय सचिव बिन बहादुर रावतले जानकारी दिनुभयो । 

घटनास्थल जुम्ला सदरमुकामबाट करिब ३५ कोश टाढा रहेको छ । स्थानीयबाट घटना भएको खबर प्राप्त भए लगत्तै राराबाट प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थल तर्फ गएको र मुचुल्काको लागि जिल्ला जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाँइले बताउनुभयो । उहाँका अनुसार प्रहरीको मुचुल्का र घटनाको प्रकृति हेरेर पीडितलाई राहत उपलब्ध गराइने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button