तपाईँ सुन्दै हुनुहुन्छः

निरन्तरको वर्षाले सप्तकोसीमा पानीको बहाव बढ्दो

सुनसरी । निरन्तरको वर्षाले सप्तकोसीमा पानीको बहाव निकै बढेको छ ।

 
आइतबार दिउसो ३ बजे सप्तकोसी नदीमा पानीको बहाव २ लाख ६६ हजार ६ सय ६० प्रतिसेकेन्ड क्युसेक मापन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल जानकारी दिनुभयो ।


आज बिहानदेखि पानीको बहाव बढेकोले ५६ ढोकामध्ये अहिले ३६ वटा ढोका खुल्ला गरिएको कन्ट्रोल रुमले जनाएको छ ।
पहाडी क्षेत्रमा अझै पनि निरन्तर वर्षा भइरहेकाले नदीमा पानीको बहाव बढिरहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button