तपाईँ सुन्दै हुनुहुन्छः

ग्यास सिलिन्डरसहित चुल्होको सेट वितरण

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नितनपुरमा लक्षित बर्गलाई खाना पकाउने भरिएको ग्यास सिलिन्डरसहित चुल्होको सेट वितरण गरिएको छ ।

उपमहानगरपालिकाको   वडा नं.१० मा ६ सय ३० जना लक्षित वर्गलाई ग्यास भरिएको सिलिन्डरसहित चुल्होको सेट निःशुल्क वितरण गरिएको  हो ।
वडा अध्यक्ष सरोज कुमार राउतले आफ्नो वडाका महिलाहरू धुवाँमा खान बनाउँदा वडामा वातावरण प्रदूषण हुने गरेको र उनीहरूमा विभिन्न किसिमको रोग लाग्ने भएको हुँदा उक्त समस्याबाट जोगिन वडामा भरिएको ग्यास सिलिन्डर, चुल्हो, रेगुरेटर, ग्यास पाइप, सेफ्टी क्लिप वितरण गरिएको बताउनुभयो ।
वडास्तरिय ३५ लाख ९० हजार बजेटबाट वडाका लक्षित वर्ग जसको घरमा दाउरा वा भुसले खाना पाक्ने गर्छ सोही घरपरिवारलाई ग्यास सिलिन्डर सहित चुल्होको सेट वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button