पाल्पामा वैशाख १७ गतेदेखि एक साता निषेधाज्ञा

पाल्पा । कोरोना भाइरसको सङ्क्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी भएको छ ।
बुधवार बसेको डिसीसीएमसीको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
बैठकले अत्यावश्यक सवारीसाधन, तरकारी, दूध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई भने सञ्चालन गर्न दिने जनाएको छ ।
बैठकले सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने, सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भिडभाड हुने कार्य नगर्ने निर्णय गरेको छ ।
यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने, तर होटल र रेष्टुरेन्टले भने बिहान ६ बजेदेखि १० बजेसम्म टेकअवे सेवा सञ्चालन गर्न सक्ने निर्णय भएको छ । पाल्पामा पछिल्लो एक सातामा २ सय बढी सक्रिय सङ्क्रमित थपिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्