तनहुँमा जुवा कौडा खेल्ने १० जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनीबाट जुवा कौडा खेल्ने १० जनालाई पक्राउ गरेको छ ।
गत शुक्रबार साँझ जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं १ मादिपुल नजिक अबैध रुपमा जितहारको बाजी राखी ठुलो धनराशीमा जुवा कौडा खेलिरहेको अवस्थामा कदम गुरुङ, क्षेत्र बहादुर गुरुङ र बिष्णुराज पन्तलाइ नगद रु ७६ हजार ५ सयसहित १६ थान कौडा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय आबुखैरेनी जनाएको छ ।
त्यस्तै गत शनिबार जिल्लाको आबुखैरेनी गाउँपालिका वडा नं ३ डाडाँटोल स्थित लुकिछिपी अबैध रुपमा जितहारको बाजी राखी जुवा तास खेलिरहेको अवस्थामा जुवा खेलाउने घरधनि मन बहादुर श्रेष्ठसहित खेलमा संलग्न हरिभक्त श्रेष्ठ, पुर्ण बहादुर सग्रौला, दिपक श्रेष्ठ, नरेन्द्र तामाङ, आकास तामाङ र बिरेन्द्र राउत बरहीलाई प्रहरीले गरेको छ ।
उनीहरुको साथ बाट नगद रु १ लाख ११ हजार ३५ सहित तास समेत फेला पारी बरामद गरी तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरु माथि जुवा तास मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी दुबै घटनामा संलग्न व्यक्तीहरुलाई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्