तनहुँ प्रहरीद्वारा २७ वर्षदेखी कर्तव्य ज्यान मुद्दामा फरारसहित १३ जना पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले २७ वर्ष देखी कर्तव्य ज्यान मुद्दामा फरार सहित १३ जनालाई पक्राउ गरेको छ ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
बुधबार कर्तव्य ज्यान मुद्दामा विगत २७ वर्षदेखी फरार रहेका जिल्लाको भानु नगरपालिका वडा नं १० बस्ने ५२ वर्षीय कुमार पन्थ भन्ने कुमार देव पन्तलाई बुधबार तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।
पन्थलाई तनहुँ जिल्ला अदालतको २०५५ असार ३ गतेको फैसलाले १५ महिना कैद सजाय तोकिएकोमा उक्त कैद भुक्तान नगरी हालसम्म फरार रहेका थिए ।
त्यस्तै मंगलबार कर्तव्य ज्यान मुद्दामा विगत १५ वर्ष देखी फरार रहेकी जिल्लाको साबिक ढोरफिर्दी गाविस वडा नं ६ स्थायी घर भई हाल जिल्ला रुपन्देही देवदह नगरपालिका वडा नं २ ढेकार बस्ने ६० वर्षिया ज्ञानुमाया नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली उपर सर्वोच्च अदालतको २०६२ साउन ११ गतेको फैसलाले १० वर्ष कैद सजाय सुनाएकोमा तोकिएको कैद सजाय भुक्तान नगरी हालसम्म फरार रहेकी थिइन् ।
यसैगरी नाता कायम मुद्दामा फरार रहेका २ जना, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४ जना, लेनदेन मुद्दामा फरार रहेका २ जना, हातहतियार मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार रहेका १ जना र सवारी ज्यान मुद्दामा फरार रहेका १ जना गरी जम्मा १३ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो।
पक्राउ परेकाहरु लाई २१ वर्ष ५ महिना कैद र जम्मा रु २ हजार १८० जरिवाना भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्