तपाईँ सुन्दै हुनुहुन्छः

मृत्यु भएका सवारी चालक यादवको परिवारलाई आर्थिक सहयोग 

सप्तरी । गत मंसीर २३ गते कलिलै उमेरमा मृत्यु भएका गजेन्द्रनारायण सिंह अस्पतालका सवारी चालक रुपनी गाउँपालिका वडा नम्बर १ का छोटेलाल यादवको परिवारलाई आज शनिवार सहयोग उपलब्ध गराईएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजित कुमार झाको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले रुपनी गाउँपालिका वडा नम्वर १ रुपनी पुगेर मृतक परिवारलाई सहयोग उपलब्ध गराएको हो ।

दिवङ्गत परिवारलाई अस्पतालका सम्पूर्ण कर्मचारीहरुबाट सङ्कलन गरिएको दुई दिनको तलब वापतको २ लाख ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको डा. झाले जानकारी दिनुभयो ।

उक्त अवसरमा निमित मेसुले व्यक्तिगततर्फ बाट बच्चाहरुलाई स्कुल पढ्न लाग्ने वर्षेनी खर्च तथा शैक्षिक सामग्री उपलब्ध गराउने र मृतक यादवकी पत्नीलाई अस्पतालमा जागिरको ब्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button