प्रधानमन्त्रीद्वारा गृहमन्त्री थापासँग छलफल

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुग्नुभएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिनिवास पुल्चाेकमा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलसँग आज छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओली अहिले पुल्चोकस्थित मन्त्री निवासमा हुनुहुछ । उक्त छलफलमा भौतिक योजना तथा यातायात मन्त्री वसन्त नेम्वाङ र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि सहभागी हुनुहुन्छ ।
अध्यक्ष प्रचण्डसँग भेट गर्न प्रधानमन्त्री ओली आज बिहान खुमलटार पुग्नुभएको थियो । खुमलटारकाे भेटवार्तापछि प्रधानमन्त्रीले मन्त्रिनिवास पुल्चाेकमा गृहमन्त्री थापासँग भेट गर्नुभएको हो ।
सम्बन्धित समाचार :
खुमलटारमा नेकपाका अध्यक्षद्वयबीच छलफल







प्रतिक्रिया राख्नुहोस्