तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा हालसम्म १ हजार ६७० जना कोराना सङ्क्रमित निको भई डिस्चार्ज

सप्तरी । सप्तरीमा हालसम्म २० हजार ७ सय ६५ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ ।

जसमध्ये १ हजार ७९७ जना संक्रमित देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

संक्रमितमध्ये जिल्लामा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने १ हजार ६ सय ७० जना निको भई डिस्चार्ज भएका छन् । हाल जिल्लामा ९० जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये होम आइसोलेसनमा ८३ जना, राजविराजस्थित साइकृष्णा मेडिकल कलेज आइसोलेसनमा २ र खडक नगरपालिकाको आइसोलेसनमा ३ जना रहेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button