एक कोरोना संक्रमित महिलाको मृत्यु

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह–प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार झापाको बिर्तामोड ८ निवासी ४५ वर्षीया महिलाको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकलाई मङ्सिर १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो र सोही दिन उनलाई कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्