चिनियाँ रक्षा मन्त्रीलाई नेपाली सेनाद्वारा सम्मान गारद अर्पण (फोटो फिचर)

काठमाडौँ । नेपाल भ्रमणमा रहनु भएका चीनको राज्य परिषद् सदस्य तथा रक्षा मन्त्री वेइ फेङ्हे लाई नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको छ ।
रक्षा मन्त्री वेइ फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबिच अहिले द्विपक्षीय वार्ता भइरहेको नेपाली सेनाले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री वेइ फेङ्ले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुने कार्यक्रम छ ।
मन्त्री वेइ आजै स्वदेश फर्कनुहुने छ ।

तस्बिर :रासस






प्रतिक्रिया राख्नुहोस्