चीनका रक्षामन्त्री जनरल वेई फेङ आज काठमाडौं आउँदै

काठमाडौं । नेपालको औपचारिक भ्रमणका लागि चीनका रक्षामन्त्री जनरल वेई फेङ आज आइतबार काठमाडौं आउँदै हुनुहुन्छ ।
चीनका पहिलो वरियताका स्टेट काउन्सिलर वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुहुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुहुनेछ । त्यहाँ दिवाभोज गरेपछि उहाँ औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नुहुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले उहाँसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नुहुनेछ । आजै उहाँले बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगसमेत भेट गर्नुहुनेछ ।
फेङ आजै बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।







प्रतिक्रिया राख्नुहोस्