तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको मृत्यु 

रुपन्देही ।  बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उपचारका क्रममा रुपन्देहीको बुटवल र देवदहका गरी दुई जना र अर्घाखाँचीका १ जना गरी ३ जनाको मृत्यु भएको हो ।

उहाँका अनुसार बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीय महिला, देवदह–२, का, ७४ बर्षीय पुरुष र अर्घाखाँचीको पाणिनि गाउँपालिका–५ का ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतक तीनै जना दीर्घ रोगी रहनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button