भारतीय विदेश सचिव काठमाडौँमा(भिडियोसहित)

काठमाडौं ।भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आइपुग्नु भएको छ ।
परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आउनु भएका श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ताहरु गर्ने कार्यक्रम रहेको छ ।

उहाँले दिउँसो परराष्ट्रमन्त्रालयमा उहाँका समकक्षी परराष्ट्र सचिव भरतराज पौडेलसँग पहिलो भेटवार्ता गर्नुहुनेछ । सचिवस्तरीय वार्तापछि उहाँले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयमा हुने भेटवार्तापछि भारतीय विदेश सचिव श्रृंगलाले परराष्ट्र मन्त्रालयमा आजै स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुहुनेछ ।

दुई दिने नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश सचिव श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
उहाँको नेपाल आगमन दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान–प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्