फुसको छानो भएका घरको लागि टिनः मन्त्री नेम्बाङ

पाँचथर । भौतिक योजना तथा निर्माण मन्त्री वसन्तकुमार नेम्बाङले सरकारले फुसको छानो हटाउने कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका वडा नं ४ तीनसिमानामा शसस्त्र प्रहरी बलको वोर्डर आउट पोस्ट ( विओपी ) को उद्घाटन गर्नुहुँदै उहाँले फुसको छानो भएका घरको लागि सरकारले टिन उपलव्ध गराउने कार्यक्रम अघि बढाइसकेको बताउनु भयो ।
भारत पश्चिम बंगालसंग सिमाना जोडिएको पाँचथरको फालोटको तिन सिमानामा स्थापना भएको विओपीमा शसस्त्र प्रहरी निरिक्षकसहित २५ जनाको दरबन्दी रहने बताइएको छ ।
पाँचथरका सिमाना नजिक यसै वर्षभित्र अन्य तीन स्थानमा यसअघि नै शसस्त्रको प्रहरीको विओपी स्थापना भईसकेको छ ।







प्रतिक्रिया राख्नुहोस्