तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा थपिए चार संक्रमित, थप एकको मृत्यु

पाँचथर । पाँचथर जिल्लामा चार जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका, फालेलुङ र हिलिहाङ गाउँपालिकामा एक एक जना संक्रमित थप भएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारदमणी सुवेदीले बताउनु भयो ।
यसैबीच पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ४ रविमा कोरोना संक्रमित भएर ५० बर्षीय एक पुरुषको  मृत्यु भएको छ ।
सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सहित चार जना कर्मचारीमा  कोरोना संक्रमण भएपछि गाउँपालिकाको सेवा केही दिनलाई  बन्द  गर्नुका साथै पालिकाका रवि, सप्तमी र चिसापानी बजार क्षेत्रमा मङ्सिर ८ गतेसम्म बन्द गरिएको गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनु भएको छ । सो पालिकामा सङ्क्रमितको सङ्ख्या १४ जना पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button