तपाईँ सुन्दै हुनुहुन्छः

दोधारा चाँदनी जोडने झोलुंगे पुल दैनिक ४ घण्टा बन्द रहने


कञ्चनपुर- महाकाली नदीमा निर्मित झोलुंगे पुल मर्मतका लागि आवागमन बन्द गरिएको छ। महाकाली पारीको दोधारा चाँदनी जोड्ने उक्त पुल बिहिबार देखि दैनिक ४ घण्टा बन्द हुने भएको हो।

बिहान ११ वजेदेखि दिउसो ३ वजेसम्म पुलमा आवागमन बन्द गरिएको माहाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिंजालीले  बताउनुभयो  । उहाका अनुसार मर्मत नसकिदा सम्म तोकिएको समयमा आवागमन बन्द रहनेछ।

उहांले दुई/ तीन दिनमा मर्मत सकिने अनुमान गरिएको र आजै देखि मर्मत सुरु भएको बताउनुभयो  । माहाकाली नगरपालिकाले सुचना प्रकाशित गरेरै आवगमन बन्द हुने जानकारी गराएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button