तपाईँ सुन्दै हुनुहुन्छः

लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बन्दै

लमहीे । दाङ देउखुरीको लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बन्ने भएका छ । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता रहेको ट्रमा सेन्टर निर्माणको लागि प्रदेश सरकारले टेण्डर प्रक्रिया सुरु गरेको लुम्बिनी प्रदेशका सभा सदस्य रेवती रमण शर्माले बताउनु भयो ।

स्थानीय सरकारले सरकारको स्वामित्वमा रहेको लमही नगरपालिका ४ शान्तिनगरमा रहेको कृषि उपच केन्द्रको जग्गामा निर्माण गर्ने भने पनि उक्त जग्गामा उद्यमशील सहकारी संस्था लि.ले दुध डेरी तथा आफ्नो कार्यालय सञ्चालन गर्दै आएका कारण ट्रमा सेन्टर बनाउने स्थानको विषयलाई लिएर लामो समयसम्म विवाद थियो ।

विवाद समाधानका लागि स्थानीय सरकारले पटक पटक छलफल तथा सरोकारवालहरूको बिच बैठक पछि उद्यमशील सहकारी संस्था लि।ले उक्त स्थान छोड्ने भए पछि प्रदेश सरकारले टेण्डर प्रक्रिया सुरु गरेको लमही नगरपालिका प्रमुख कुल बहादुर केसीले बताउनु भयो ।
लुम्बिनी प्रदेश सहरी विकास तथा भवन निर्माण कार्यालय प्रमुख अनन्त कुमार देवका अनुसार मुख्य भवन चार तलाको हुने र उक्त भवनमा इमर्जेन्सी वार्डदेखि शल्यक्रिया कक्ष, बिरामी भर्ना कर्मचारी क्वाटर तथा प्रशासनिक कार्यालयसमेत रहने छ ।

अब को छ महिना भित्र ठेकेदार कम्पनी छनोटसँगै भवन निर्माणको कार्यले तीव्रता पाउने लुम्बिनी प्रदेश शहरी विकास तथा भवन निर्माण कार्यालय प्रमुख अनन्त कुमार देवले बताउनु भयो ।

लमही, ४ शान्तिनगर हाइवे नजिकै ४० करोडको लागतमा निर्माण हुन लागेको ट्रमा सेन्टर निर्माण भएसँगै दाङ, प्युठान, रोल्पा, अर्घाखाँची , सल्यान, रुकुम लगायतका जिल्लावासी लाभान्वित हुने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button