मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौँ लगियो
धनगढी – काेराेना सङ्क्रमण देखिएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहलाई थप उपचारका लागी काठमाडौँ लगिएकाे छ ।
एक साता अघि काेराेना सङ्क्रमण पुष्टि भएका मन्त्री शाहलाई थप उपचारका लागि आज हेलिकप्टरबाट काठमाडौँ लगिएकाे उहाँका स्वकिय सचिव जंग बिकले जानकारी दिनुभयाे ।
नाकबाट रगत आएपछि बिहिबार मन्त्री शाहलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकाे थियाे। रगत बग्न राेकिए पनि लगातार ज्वराे आइरहेको उहाले बताउनुभयाे ।







प्रतिक्रिया राख्नुहोस्