बाजुराका ५ स्थानीय तहमा महिनावारी व्यवस्थापन परियोजना लागू हुने
बाजुरा । बाजुरा जिल्लाका ५ ओटा स्थानीय तहमा महिनावारी स्वच्छता व्यवस्थापन परियोजना लागु हुने भएको छ । जिल्लाका बडिमालिका नगरपालिका गौमुल गाउँपालिका खप्तड छेडेदह गाउँपालिका बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिकामा सो कार्यक्रम लागु हुने भएको हो ।
कोरीयन सरकार कोइकाको सहयोगमा जिल्लाका ५ ओटा स्थानीय तहमा सो कार्यक्रम लागु हुने गुड नेभर्स इन्टरनेश्नल बाजुराका कार्यक्रम संयोजक देबेन्द्र शाहले बताउनु भएको छ। जिल्लाका ५ ओटा स्थानीय तहमा रहेका कक्षा ६ देखी १२ सम्म अध्ययन अध्यापन हुने बिद्यालयका किशोरीहरुको स्वास्थ्यलाइ मध्यनजर गरि महिनावारी व्यवस्थापन कार्यक्रम गर्न लागिएको परियोजनाका संयोजक देबेन्द्र शाहले बताउनु भयो।








प्रतिक्रिया राख्नुहोस्