पटका सहित ३ जना पक्राउ

सुनसरी । सुनसरीको इटहरी उप महानगरपालिका ८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटका सहित ३ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा इटहरी उप महानगरपालिका ११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया रहेका छन् ।
मियाको किराना पसलबाट प्रतिबन्धित बिस्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार पसार तथा बिक्रिवितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटका बरामद गरेको हो ।
पटका सहित पक्राउ परेका ३ जना लाई ईलाका प्रहरी कार्यालय इटहरीमा राखी कानुनी कारवाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी झापाको अर्जुनधारा र नकलबन्दाबाट ६ लाख ५० हजार बराबरको पटका बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज दिउँसो उक्त मुल्य बराबरको पटका बरामद गरेको हो ।
बरामद भएको पटकाहरु आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको उक्त कार्यालयले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्