तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी आयोजनाले पुर्णता नपाउँदा स्थानीय समस्यामा

रुकुम । समयमै खानेपानी आयोजनाका काम नसकिदा रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका क्षेत्रका स्थानीय समस्यामा परेका छन ।

जिल्लाको चौरजहारी नगरपालिका १४ र सानीभेरी गाउँपालिका १० मा रहेको ग्रामिण सौर्य खानेपानी आयोजनाले पुर्णता नपाउँदा स्थानीय उपभोक्तालाई समस्या भएको हो ।

आर्थिक वर्ष २०७१÷०७२ मा चौरजहारी १४ मा लुगा धुनेखोला ग्रामिण सौर्य खानीपानी आयोजनाको निर्माण थालिएको थियो । तर आयोजना समयमै निर्माण नहुँदा आफुहरुलाई समस्या भएको स्थानीय रमित ओली बताउछन ।

पुरानो समितिले काम नगर्दा र नयाँ समितिले मान्यता नपाउँदा आयोजनाको काम रोकिएको स्थानीय बताउँछन ।

करिब एक करोड खर्च लागेको आयोजना हाल लथालिङ्ग अवस्थामा रहेको छ ।

आयोजनाको पाइप लाइन विस्तारसँगै विभिन्न ५ ठाउँमा ट्याङ्की निर्माण तथा मिटर जडानको काम मात्रै सकिएको छ । उपभोक्ता समिति गठनको माग गर्दा सुनुवाई नभएको स्थानीयको भनाई छ । बलियो उपभोक्ता समिति नहुँदा आयोजना अलपत्र परेको उनीहरुको भनाई छ ।

चौरजहारी १४ र १३ का करिब १ सय र सानीभेरी १० का ५० घरधुरीमा पानी पुर्याउने लक्ष्यसहित सुरु भएको आयोजना अलपत्र परेका छ ।

करिव आधा करोड बजेट खर्च भइसकेको आयोजनाले पूर्णता पाउन अहिले समस्या भएको छ । निर्माण समितिका सचिव समेत रहनुभएका चौरजहारी नगरपालिका १४ का वडाध्यक्ष अतिराम बिष्टले अहिले आर्थिक अभावका कारण आयोजनालाई पूर्णता दिन नसकिएको बताउनुभयो ।

घर घरमा पानी आउला र दैनिकी चलाउन सहज होला भन्ने आशामा रहेका नागरिक जिम्मेवार निकायको बेवास्ताका कारण आजित भइसकेका छन् । यसतर्फ स्थानीय सरकारले चासो नदिएको उनीहरुको दुखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button