तपाईँ सुन्दै हुनुहुन्छः

गजेन्द्र नारायण सिंह अस्पतालका एक कर्मचारीको कोरोना सङ्क्रमणबाट मृत्यु

सप्तरी । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका फर्मासिस्ट पदमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको छ ।

राजविराज नगरपालिका–२ निवासी २८ वर्षीय पुरुष कर्मचारीको अस्पतालले सञ्चालन गरेको साइकृष्ण मेडिकल भवनको आइसोलेसन केन्द्रमा बिहान १०ः४५ बजे मृत्यु भएको हो ।

उनमा गत १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको र कोरोनाको कुनै किसिमको लक्षण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनमा कुनै रोग पनि थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button