तपाईँ सुन्दै हुनुहुन्छः

रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई सोमबारबाट

काठमाडौं । ठुला खेलकद प्रतियोगिता खेल्न रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई सोमबारबाट सुरु हुने भएको छ ।

खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई सोमबारबाट सुरु गर्न लागेको हो । स्विजरल्याण्डको लुसानमा हुने सुनवाई बिहीबारसम्म चल्ने बताईएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गत वर्ष रुसलाई ठुला खेल प्रतियोगिता खेल्न ४ वर्षको प्रतिबन्ध लगाएको थियो । वाडाको प्रतिबन्धपछि रुसले कासमा अपील गरेको थियो । जसको सुनुवाई कासले गर्न लागेको हो । वाडाको प्रतिबन्धसँगै रुसले अर्को वर्ष हुने टोकियो ओलम्पिक र सन् २०२२ मा हुने कतार विश्वकप फुटबल खेल्न पाउने छैनन् ।

तर, प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) मा आफुलाई निर्दोष सावित गर्ने रुसका खेलाडीले ओलम्पिकको झन्डा मुनि रहेर ओलम्पिक लगायतका प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button