तपाईँ सुन्दै हुनुहुन्छः

टर्कीमा शक्तिशाली भूकम्प कम्तीमा २२ जनाको मृत्यु 

टर्की ।  टर्कीको इजमिर प्रान्तलाई केन्द्र बिन्दु बनाएर गएको ७ म्यागनिट्यूटको भूकम्पमा परी टर्की र ग्रिसमा गरी कम्तीमा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
टर्कीले भने भूकम्प ६.६ म्यागनिट्युटको भएको बताएको छ ।
भूकम्पमा परी ज्यान गुमाउनेहरू अधिकांश ग्रिसको सामोस टापु र टर्कीको इजमिर प्रान्तका भएको बिबिसीले जनाएको छ ।
भूकम्पका कारण टर्कीको इजमिर प्रान्तमा मात्रै २० जनाको मृत्यु भएको र ८०० जनाभन्दा बढी घाइते भएका टर्कीका सञ्चार माध्यमले जनाएका छन् ।
भूकम्पले जनधनको क्षति गर्नुका साथै सुनामी छालहरू पनि ल्याएको बिबिसीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button