तपाईँ सुन्दै हुनुहुन्छः

अवैध काठ र सामान बरामद

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरबाट गएराति मोटरसाइकलमा चोरी पैठारी गरेर ल्याएको सालको काठ ५ थान कडी सहित सोही ठाउँ बस्ने ३५ वर्षीय हरीश लुहारलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका लुहारसहित मोटरसाइकल र काठ आवश्यक कार्बाहीको लागि डिभिजन बन कार्यालय कञ्चनपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।

त्यस्तै, कञ्चनपुर प्रहरीले सोमबार मध्यान्ह कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कबाट भन्सार छली गरी ल्याइएको अन्दाजी रु ५४ हजार १ सय मुल्य बराबरको सरसामान, पर्दा र पर्दाका रोलहरु बरामद गरेको छ ।

बेवारिसे अवस्थामा फेला पारी रितपुर्बक बरामद गरिएको उक्त सामान आवश्यक कार्बाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा पठाइएको कञ्चनपुर प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button