२० लाखको लगानीमा युवाहरुले शुरु गरे बाख्रा पालन व्यावसाय

अछाम– अछामको मंगलसेन नगरपालिका वडा नम्वर १४ कालागाउँमा युवाहरुले बाख्रा पालन व्यवसाय सुरु गरेका छन् । आफ्नै गाउँ ठाउँमा बाख्रा पालन व्यावसाय सुरु गरी रोजगार बन्ने उदेश्यका साथ युवाहरुले बाख्रा पालन सुरु गरेका हुन् ।
विश्वभरी माहामारीको रुपमा फैलिरहेकाे कोरोना भाईरसको प्रभावले गाउँ फर्किएका युवाहरु आफ्नाे ठाउँमा केही गर्ने उद्देश्यका साथ बाख्रा पालन व्यावसायमा लागेका हुन् ।
नेकपा जिल्ला कमिटी सदस्य समेत रहनुभएका युवा नयन बहादुर सोडारी, नर सोडारी, लोकेश सोडारी, प्रेम सोडारी, देवेन्द्र सोडारी, रमेश सोडारी र बम सोडारीले सामुहिक रुपमा समूह मार्फत बाख्रा पालन व्यावसाय सञ्चालन गरेका हुन ।
अहिले सुरुवाती चरणमा २० लाखको लागतमा ९० वटा बाख्रा खरीद गरी व्यावसाय सञ्चालन गरीएको नयन बहादुर सोडारीले बताउनुभएको छ । बाख्रा पालन व्यावसायबाट आत्मनिर्भर बन्दै गाउँका वेरोजगार युवाहरु लाई रोजगार बनाउनका साथै जिल्ला लाई मासुमा आत्मनिर्भर बनाएर सफल व्यवसायी बन्ने उदेश्यका साथ व्यावसाय सञ्चालन गरीएको उहाँले बताउनुभयो ।
यसैबिच कालागाउँको टिमिल टुक्रामा एकता सामुहिक पशुपंक्षी मत्से कृर्षि फर्मको मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले उद्घाटन गर्नुभएको छ । सञ्चालक समितीका सदस्य नर बहादुर सोडारीको अध्यक्षतमा भएको उद्घघाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोेल्दै नगर प्रमुख बोहराले गाउँमै केही गर्ने उदेश्यका साथ व्यावसाय सञ्चालन गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
उहाँले युवाहरुको आँटले आफु निकै हर्षित भएको भन्दै यो कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । नगर प्रमुख बोहराले नगरले कारोनाका कारण अहिले बिदेश बाट धेरै युवाहरु गाउँमा फर्किएकाले रोजगार बनाउनका लागि विशेष योजनाका साथ अगाडी बढेको बताउदै पशुपालन र कृषिको क्षेत्रमा बजेट बिनियोजन गरेको बताउनुभयो ।
यस्तै उहाँले बाख्रा पालन व्यावसाय सञ्चालन गरेका युवाहरु लाई आगामि दिनमा नगरले सहयोग गर्ने प्रतिबद्धता सहित आफुले सक्ने सहयोग गर्ने बताउनुभयो । युवाहरुले नगर प्रमुख बोहरा संग फर्मको व्यावस्थापनका लागी घेरा पर्खाल र आगामी दिनमा व्यावसाय लाई थप बृहत रुपमा सञ्चालन गर्नका लागि उन्नत जातका बोका र बाख्राहरु संकलनको लागि पहल तथा सहयोग गरिदिन पर्ने माग गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्