वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा थप निवेदन आवश्यक नपर्ने : जिप्रका रुकुम पश्चिम

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले वडाको सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्रहीलाई दोहोरो निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउन स्थानीय तहका वडा कार्यालयहरुबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो ।
वडाको सिफारिस भएका विषयमा निवेदन लेखिरहनु नपर्ने भएपनि त्यसका लागि आवश्यक कागजात भने अनिवार्य रहेको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्