तपाईँ सुन्दै हुनुहुन्छः

कोशी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु


सुनसरी । कोशी अस्पताल विराटनगरको आइसोलेसनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको कोशी अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मंगलबार विहान ३ः०५ बजे मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

आइसोलेसनमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पतालका प्रवक्ता तथा फिजिसियन डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा राति ७ बजेतिर रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button