सुनसरीमा २२ जना कोरोना सङ्क्रमित थपिए

सुनसरी । सुनसरीमा शुक्रबार चार महिला १८ जना पुरुष गरी जम्मा २२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड–१९ का फोकल पर्सन सिर्जना लिङ्थेपका अनुसार इटहरीमा स्वाब लिइएका मध्ये १३ जना इटहरीका एक जना इनरुवाका र अका एक जना बर्जुका सङ्क्रमित थपिएका हुन् ।
यसै गरी दुहबी नगरपालिकामा सात जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात जना मध्येमा एक जनाको भने मृत्युपछि कोरोना पुष्टि भएको छ ।
योसँगै सुनसरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या अहिलेसम्म एक हजार पाँच सय ९९ पुगेको छ भने एक हजार २८ जनाले कोरोना जितेका छन् ।








प्रतिक्रिया राख्नुहोस्