तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीद्वारा काठमाडौँसामु १८१ रनको चुनौती प्रस्तुत

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिता–२०२६ अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रनको योगफल बनायो । 

कर्णालीका लागि अरिफु स्लामले सर्वाधिक ४४ रनको योगदान दिए । उनले २२ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४४ रनको योगदान दिएका हुन । त्यसैगरी मोहम्मद हुसेन तलातले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे । 

पवन शर्राफले अविजित ३० रन बनाउँदा गुल्सन झाले २० तथा मार्क वाटले १७ रन बनाए । बलिङतर्फ काठमाडौँका करण केसीले दुई विकेट लिए भने साहब आलम, सन्तोष यादव, जहान्दाद खान र देव शाहले समान एक ÷एक विकेट लिए । 

काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button