पाथीभरामा भदौ महिनामा १३ लाख ६७ हजार भेटी सङ्कलन, ६ हजारभन्दा बढी दर्शनार्थी पुगे
ताप्लेजुङ । ताप्लेजुङमा रहेको पाथीभरा (मुकुम्लुङ) मा भदौ महिनामा १३ लाख ६७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा कुल ६ हजार १२३ जना दर्शनार्थी मन्दिरमा पुगेका छन् ।
क्षेत्र विकास समितिले प्रत्येक महिना सङ्कलन गरेको रकम महिनाको अन्त्यमा सार्वजनिक गर्दै आएका छन् । नेपाल सहित विभिन्न देशबाट पाथीभरामा दर्शन गर्न आउने गरेका छन् । अनुकूल मौसम सुरुभएसंगै पाथीभरामा दर्शनार्थीको चाप हुने गरेको छ । विशेष दशैको नौरथा लागेसँगै अधिक मात्रमा तीर्थयात्री आउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्