सुदूरपश्चिम सरकारद्वारा बजेट पुनर्लेखन गर्ने निर्णय, आर्थिक मामिला मन्त्रालयलाई जिम्मेवारी
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले बजेट पुनर्लेखन गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बजेट पुनर्लेखन गर्दै निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले जानकारी दिनुभयो।
बैठकले बजेट पुनरावलोकनसहित पुनर्लेखनका लागि आर्थिक मामिला मन्त्रालयलाई आवश्यक अधिकार प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो।
नयाँ सरकार गठन भएको एक महिना पुग्नै लाग्दासमेत सुदूरपश्चिम प्रदेशमा ‘बजेट शून्यता’को अवस्था कायमै छ। तात्कालिक सरकारले प्रदेश सभामा पेस गरेको बजेट हाल होल्डमा राखिएको छ।
चालू आर्थिक वर्षको दुई महिना बित्न लाग्दा पनि बजेट पारित हुन नसक्दा प्रदेशको वित्तीय प्रणाली अस्तव्यस्त बनेको छ।








प्रतिक्रिया राख्नुहोस्