बुढीगण्डकी बाढी : पाँच जना बेपत्ता, ४८ जनाको सकुशल उद्धार
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच ठूलो पहिरो गएपछि बुढीगण्डकी नदी थुनिएर आएको लेदोसहितको बाढीमा पाँच जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा चुम्चेत उङ्गिलुङका सोनाम लामा, लाप्पा ठोर्मा लामा, कर्मा लामा, सोम्बुती लामा र तेन दोर्जे लामा रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रबाट ४८ जनाको सकुशल उद्धार गरिएको छ। बाढीले २६ घर, नौ गोठ, चार पुल र एक सरकारी कार्यालयमा क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा ५ सय ३८ जना प्रहरी परिचालन गरिएको छ
पाल प्रहरीले बुढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमयुक्त बस्ती, नदी किनार, पुल तथा सडकमा आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।









प्रतिक्रिया राख्नुहोस्