जनकपुरधाममा दशैं बजार २०८३ शुरु
जनकपुरधाम । दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरेर जनकपुरधाममा “सस्तो बजार”का रुपमा पहिचान बनाएको दशैं बजार शुरु भएको छ ।

जनकपुरधामको गोपाल धर्मशालामा मधेश प्रदेश सभाका सदस्य दिपेन्द्र ठाकुर तथा दशैं बजार व्यवस्थापन मूल समितिका संरक्षक एवं धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले संयुक्त रुपमा बजारको उद्घाटन गर्नुभयो ।
कूल १५० धन्दा बढी स्टलहरू भएको दशै बजारमा दशैं, दीपावली तथा छठ पर्वमा आवश्यक पर्ने सबै प्रकारका दैनिक उपभोग्य सामानहरू एक्कै ठाउँमा सुलभ मूल्यमा आम उपभोक्ताले किन्न पाउने भएपछि बजारको लोकप्रियता वर्षेनी बढ्दै भएको छ ।
करिब ४० वर्षदेखि लाग्दै आएको दशै बजारमा नेपालमा उत्पादन भएका खाद्यान्नका सामाग्रीहरू, विभिन्न कम्पनीका साबुन, सर्प, चिया पत्ती, अगरबत्ती, भाडा वर्तन देखि कपडा सहितका दैनिक जीवनमा आवश्यक पर्ने सबै सामाग्रीहरूको स्टल रहने भएको मेला आयोजक जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव फूलदेव पण्डितले जानकारी दिनुभयो ।
असोज २४ गतेबाट शुरु भएको दशैं बजार यस वर्ष विजया दशमीसम्म चल्ने धनुषाका प्रमुख जिल्ला अधिकारी एवं दशै बजार व्यवस्थापन मूल समितिका संरक्षक प्रेम प्रसाद लुइँटेलले जानकारी दिनुभयो । छठसम्म अहिलेकै मूल्यमा पसलहरूमा सामानहरू बिक्री हुने निर्णय भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्