तपाईँ सुन्दै हुनुहुन्छः

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

काठमाडौँ। भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ ।

भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

“भारत नेपालका अधिकारीहरूसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ”, उहाँले भन्नुभएको छ । 

भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button