तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग निरन्तर संवाद भइरहेको छ : मन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ ।

मन्त्री पोखरेलले मङ्गलवार सञ्चारकर्मीसँगको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेलमार्फत कुराकानी भइरहेको बताउनुभयो ।

मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पूरा गरेको जानकारी गराउँदै एसियन गेम्समा जाने खेलाडीहरूका लागि यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको बताउनुभयो ।

फिफाको निलम्बनपछि नेपाली फुटबलको भविष्य अन्योलमा परिरहेका बेला नेपाल फुटबल खेलाडी संघ (एनएफपिए)ले राष्ट्रिय टोलीका खेलाडीहरूको सामूहिक भिडियो सन्देश सार्वजनिक गर्दै फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल सरकारसँग नेपाली फुटबल जोगाउन तत्काल पहल गर्न अपिल गरेको छ ।

मङ्गलवार बिहान सार्वजनिक गरिएको ‘भिडियो कन्टेन्ट’मा राष्ट्रिय टोलीका एक दर्जनभन्दा बढी खेलाडीले नेपाली फुटबलको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

खेलाडीहरूले नेपाली फुटबलको वर्तमान संकट समाधानका लागि सबै सम्बन्धित निकायले तत्काल समन्वय गरी फिफाको निलम्बन फुकुवा गर्न वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button