भोटेकोशी बाढी: शव पहिचान र व्यवस्थापनमा जुट्न छलफल
https://www.youtube.com/watch?v=bZQkXRb9er8
चितवन I रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण चितवनको त्रिशूली तथा नारायणी नदीमा भेटिएका शवको पहिचान तथा व्यवस्थापनका लागि आज छलफल गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको छलफलमा जिल्लाका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, होटल व्यवसायी, नेपाल रेडक्रस सोसाइटी, सामाजिक सङ्घसंस्था तथा उद्योगी व्यवसायीको सहभागिता थियो । छलफलमा शवको पहिचान तथा व्यवस्थापनका लागि सबै पक्षबाट आवश्यक सहयोग र समन्वय गर्ने विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिनुभयो । रासस






प्रतिक्रिया राख्नुहोस्