तपाईँ सुन्दै हुनुहुन्छः

भोटेकोशी बाढी: सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले पुनः प्रवेश परीक्षा र छात्रबृत्ति परीक्षा  स्थगित गरेको छ । 

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसपछि देशभर उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै परीक्षा स्थगित गरिएको उपकुलपति किशनदत्त भट्टले जानकारी दिनुभयो । 

उहाँले पुनः प्रवेश परीक्षा र छात्रवृत्तिसम्बन्धी परीक्षा अर्का सूचना आएपछि जानकारी हुने बताउनुभयो । भोटेकोशी बाढीमा परी सुदूरपश्चिमका ८५ जना सम्पर्कविहीन अवस्थामा छन् ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button