रसुवा बाढी: बैतडीका ८ जना सम्पर्कबिहिन
बैतडी। भोटेकोशीमा आएको बाढीपछि त्यस क्षेत्रमा कार्यरत बैतडीका ८जना सम्पर्कविहीन भएका छन् । आफन्तहरुले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए अनुसार विभिन्न क्षेत्रमा कार्यरत ८ जना सम्पर्कमा नआएको बताइएको छ ।
त्रिशूली हाइड्रो पावरमा काम गर्ने सुर्नया–६ का ३१ वर्षीय हरिश चन्द, रसुवा हाइड्रो पावरमा काम गर्ने पञ्चेश्वर गाउँपालिका ६ बिजुलका ४० वर्षीय देव बहादुर चन्द, डिलासैनी–७ धामीगाउँका २८ वर्षीय पूर्ण सिंह धामी र २७ वर्षीय बिशाल धामी, सशस्त्र प्रहरीको बिओपी टिमुरे रसुवामा कार्यरत डिलासैनी गाउँपालिका–२ मल्ला छेपट्टाकी बिनिता बोहरा, लाङटाङ हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–५ बिष्टपालीका २५ वर्षीय केशव बिष्ट, इलाका वन कार्यालय इलाममा कार्यरत रही नुवाकोट परीक्षा दिन गएका सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर र रसुवागढी प्रहरी चौकीमा कार्यरत दोगडाकेदार गाउँपालिका–२का हिक्मत महरा सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो ।
आफन्तहरू सम्पर्कमा नआएको जानकारी गराएको हुनाले यस विषयमा सम्बन्धित जिल्लाहरूमा खोज तथा उद्धारको लागि समन्वय भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी, मिना आर्यालले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्