तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा खाद्य ऐन उल्लङ्घनमा दुई व्यवसायीलाई कैद र जरिवाना

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले दायर गरेका दुई छुट्टाछुट्टै मुद्दामा अदालतले कोहलपुर–११ स्थित अस्मिता चाउमिन उद्योगका सञ्चालक पर्शुराम घिमिरेलाई एक वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश राजु ढुङ्गानाको इजलासले उक्त फैसला गरेको हो ।

यस्तै, जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगन्ज–२ स्थित गौरी मिनी मार्टका सञ्चालक रामजी वैश्यलाई ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सूचना अधिकृत रामहरि लामिछानेका अनुसार मार्टबाट बिक्री भइरहेको मास दालको नमूना परीक्षण गर्दा त्यसमा प्रतिबन्धित बाह्य रङ प्रयोग भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button